१९ ओं बार्षिक सेवा काराङथाङमा सम्पन्न
ताप्लेजुङ ।
ज्ञानु फुरुम्बाे चरपे ।
किरात साम्याे यक्तुम्बा फुरुम्बाे पालुङवा सयङकाे १९ ओैं बार्षिक अप्लुङगेन ताङसेप चाेमेन सेवा सम्पन्न भएकाे छ ।
बैशाख १३,१४,१५ र १६ सम्म संचालन भएकाे सेवा फुङलिङ नगरपालिका वडा ९ हाङदेवाकाे काराङथाङमा गाउँमा सम्पन्न भएकाे हाे
किरात साम्याे साम्जिक मुन्धुम,संस्कार अनुसार बिश्वशान्ति मानव एकता सकल प्राणी रक्षार्थ साथै वशंज आप्लुङगेन्न ताङसेप येत नाम्धुङ लाधुङसेमी सेवा विभिन्न कार्यक्रम सहित समाप्न भएकाे थियाे ।
विश्व किरातीहरुकाे पबित्र आस्थाकाे केन्द्र माङसेबुङ बर्तमान किरात धर्म गुरु गुरुमाताहरुकाे आर्शिवाद लिएर किरात हाङसाम मुजाेत्लुङ माङहिमबाट प्रारम्भ भएकाे किरात यक्तुम्बा फुरुम्बाे,पालुङवा सयङकाे सेवा याे पालीकाे सेवा भने फुङलिङ नगरपालिका वडा न. ९ काराङथाङमा भन्ने ऐतिहासिक स्थलमा १९ ओैं बार्षिक आप्लुगेन्न ताङसेप चाेमेन सेवा समाप्न भएकाे छ यसै ठाउँमा बिगत बर्षमा पनि बार्षिक सेवा सम्पन्न भएकाे थियाे भने हाल सम्म दुई पटक सेवा सम्पन्न
भएकाे हाे ।
विभिन्न कारण बस धेरै टाढा टाढाका दाजुभाईहरु यश बार्षिक ताङसेप चाेमेन सेवामा सभागिता नभएता पनि झापा,इलाम,पान्थर र ताप्लेजुङका बिभन्न ठाँउबाट सहभागी भएका थिए । साम्दाङगेन्न वरुम साबा माङसेवा साबा इन्द्रहाङ पालुङवाकाे संयाेजनमा माङसेवा साबा परिचालन गरि सेवासाबाहरुबाट बृहत् साम्जिक मुन्धुम बाचन गरिएकाे विश्व शान्तिकाे कामना गरिएकाे थियाे
फुङलिङ नगरपालिका वडा न.९ र १० काे सिमानामा रहेकाे काराङथाङमा ठाउँ फुरुम्बाे,पालुङवाहरुकाे ऐतिहासिक र महत्वपुर्ण स्थलकाे रुपमा हेर्ने गरिन्छ । उक्त काराङथाङमा स्थललाई भुल्ने भने फुरुम्बाे पालुङवाकाे कुनै पनि ऐतिहासिक दस्ताबेजहरु अधुराे अपुराे हुने छ यश ऐतिहासक स्थललाई सबै फुरुम्बाे पालुङवा दाजुभाईले थाहा पाउनु भनेर सेवाकाे आयाेजना गरिएकाे हाे ।
किरात साम्याे यक्तुम्बा फुरुम्बाे,पालुङवा संयङकाे बशंज आप्लुङगेन्न ताङसेप चाेमेन सेवा किरात हाङसाम मुजाेत्लुङ माङहिम लारुम्बा माङसेबुङबाट प्रारम्भ भई जहाँ जहाँ फुरुम्बाे पालुङवा१९


